काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताए ।
विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे ।
नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए ।