शुक्रबार, कात्तिक १६ गते २०८१

हर्क साम्पाङको शैलीमा रवि लामिछानेः भरतपुरमा खानेपानी आयोजना सुचारु गर्न श्रमदान

हर्क साम्पाङको शैलीमा रवि लामिछानेः भरतपुरमा खानेपानी आयोजना सुचारु गर्न श्रमदान

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • हर्क साम्पाङको शैलीमा रवि लामिछानेः भरतपुरमा खानेपानी आयोजना सुचारु गर्न श्रमदान

    काठमाडौँ । रवि लामिछाने आफ्नो पद तथा गोपनीयताको शपथग्रहण नगर्दै कार्यक्षेत्रमा उत्रिएका छन् । आज उनी भरतपुरको एउटा पुरानो खानेपानी आयोजना सुचारु गर्नका निम्ति श्रमदानमा सहभागी भए ।

    images


    जापान सरकारले १९९३ सालमा निर्माण गरिदिएको भरतपुर खानेपानी आपूर्ति परियोजना लामो समयदेखि अवरुद्ध थियो । आज रविको नेतृत्वमा भरतपुरका स्थानीयवासीले यो परियोजनाको पानी ट्याङ्की खुलाउन उत्साहपूर्वक श्रमदान गरे । रवि आफैँ हातमा हँसिया लिएर झाडीहरू पन्छाउने र सफा गर्ने काममा खटिएका थिए ।


    स्थानीयवासीका अनुसार यस ट्याङ्कीबाट चितवनको थुप्रै स्थानमा खानेपानीको आपूर्ति हुने गर्थ्यो । तर, २०६० सालमा पहिरो गएपछि यो आयोजना अवरुद्ध भएको हो । त्यता स्थानीयले आफ्नै पहलमा सानो कुवा बनाएर मोटरबाट ट्याङ्कीमा चढाइ थोरै पानी आपूर्ति गर्दै आएका छन् । रविले अवरुद्ध आयोजनालाई सुचारु गरेर चितवनवासीको तिर्खा मेट्ने प्रयास गरेका हुन् ।

    धरानका मेयर हर्क साम्पाङले पनि आफ्ना नगरवासीलाई खानेपानी खुवाउने कामलाई पहिलो प्राथमिकतामा राख्दै सुरुदेखि श्रमदानमा खटिएका थिए । रविले पनि उनको शैली पछ्याएर आफैँ श्रमदानमा लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार