बिहीबार , कात्तिक १५ गते २०८१

पाँच वर्षकाे लागि सरकार निर्माण हुने एसद्वारा निर्णय

पाँच वर्षकाे लागि सरकार निर्माण हुने एसद्वारा निर्णय

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • पाँच वर्षकाे लागि सरकार निर्माण हुने एसद्वारा निर्णय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एवम् मतपरिणामको प्रारम्भिक समीक्षा भएको छ ।

    images

    मंगलबार बिहान केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेपाली जनता, शुभचिन्तक, सरकारी निकायलगायत निर्वाचनमा सहभागी सबैलाई धन्यवाद प्रदान गर्दै भोलिका दिनमा गठबन्धन कायम राख्नुपर्ने विषयमा छलफल भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मतदाताको प्रशंसा गर्दै, जति मतपरिणाम प्राप्त गरेका छौँ, भविष्यमा थप उपलब्धिमूलक बनाउने निष्कर्ष निकालेका छौँ । मतपरिणाम सोचेजस्तो छैन ।

    गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई कायम राख्दै गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ ।” उहाँले केही ठाउँमा निर्वाचन हुनै बाँकी रहेको अवस्थामा निर्वाचनको पुरै समीक्षा भने बैठकमा हुन नसकेको बताउनुभयो ।

    समानुपातिक मतपरिणामबाट प्राप्त हुने सिट सङ्ख्या जे हो यस विषयमा छलफल भएको उहाँको भनाइ छ । उहाँले बैठकमा आगामी पाँच वर्षसम्म अगाडि बढ्न सक्ने सरकार निर्माणलगायतका सन्दर्भमा प्रारम्भिक छलफल भएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार