काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सु्कुमबासी बस्तीमा डोजर चलाएपछि आन्दोलनरत पक्षले मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन्।
आफूलाई उठिबास लगाएको भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्। बिहान काठमाडौं महानगरपालिका घेर्न गएका सुकुम्बासीहरूले मेयर शाहविरुद्ध चर्को नाराबाजी गर्दै उचित विकल्पसहितको व्यवस्थापन गर्न माग गरे।
प्रदर्शनकारीहरू बालेन शाह राजीनामा देऊ, उचित विकल्पसहित व्यवस्थापन गर, बसोबासको आधारमा लालपुर्जा वितरण गर, उठिबास बन्द गर, डोजर आतंक बन्द गर जस्ता नारा लगाएर प्रदर्शनमा उत्रिएका हुन्।