काठमाडौं । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।
मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित हुनुभएको हो ।
विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाउनुभयो ।