बिहीबार , कात्तिक १५ गते २०८१

सुकुम्बासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छुस् पूर्वअर्थमन्त्री लोहनी

सुकुम्बासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छुस् पूर्वअर्थमन्त्री लोहनी

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • सुकुम्बासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छुस् पूर्वअर्थमन्त्री लोहनी

    काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताउनुभएको छ । सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।

    images

    उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहिचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासीलाई बुझाउनु जरुरी छ।'


    उहाँले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, 'काठमाडौंको  मेयर  बालेन्द्र जीको आजसम्मको कामको जनताले प्रशंसा गरेका छन् ।  काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने  पढे लेखेको  नेता पाएको जनतामा छाप छ ।'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार