डडेल्धुरामा ७ हजारभन्दा बढी मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा त्यहाँ मत बदर भएको हो ।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ ३ हजार १ सय ८७ अथवा ६ दशमलब २२ र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ ७ हजार ५१ अथवा १० दशमलब ५८ प्रतिशत मत बदर भएको पाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ ५१ हजार २ सय ३ मत खसेको थियो ।