बिहीबार , कात्तिक १५ गते २०८१

चुनावमा कांग्रेसले धोका दिएको माओवादी नेताहरूको प्रतिक्रिया

चुनावमा कांग्रेसले धोका दिएको माओवादी नेताहरूको प्रतिक्रिया

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • चुनावमा कांग्रेसले धोका दिएको माओवादी नेताहरूको प्रतिक्रिया

    नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसले चुनावमा धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित  एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिए पनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन् ।

    images

    माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए ।

    यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खासै औचित्य नदेखिएको बताए । अब गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने गलत सावित गरेको साहले बताए ।

    यस्तै माओवादी केन्द्रीय सदस्य दिनेश महर्जनले गठबन्धनमा कांग्रेसले धोका दिएकाले अबको ५ वर्ष माओवादी सरकारमा जानै नहुने बताए । माओवादी चुनावी परिणामबाट सानो आकारमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार