बिहीबार , कात्तिक १५ गते २०८१

मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी

मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी

    उर्लाबारी । मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बूले १८ हजार २८६ मतका साथ विजयी हुनु भएको हो ।

    images

    प्रदेश १ का वन ,वातावरण तथा भुसंरक्षण मन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि संंयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको लिम्बूले  नेकपा (एमाले)का उम्मेदवार दिलिपकुमार राईलाई पराजित गर्नु भएको हो । राईले १३ हजार ८५८ मत प्राप्त गर्नु भएको छ ।

    निर्वाचन कार्यालय बेलबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार राप्रपाका तीर्थबहादुर गुरुङले छ हजार ६४१ मत प्राप्त गर्नु भएको छ ।

    मंगोल नेशनल अर्गनाइजेनका रामचन्द्र गुरुङले एकहजार ८३६ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिनेश राइले एक हजार १६५ मत,स्वतन्त्र धनबहादुर बस्नेतले ५५८ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामभक्त विश्वासले ९० मत प्राप्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार