टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दीर्घराज विनाडीले १० हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, राप्रपाका भीमबहादुर बमले चार हजार ६० र जसपाका भगतराम थारुले दुई हजार २७८ मत प्राप्त गर्नुभएको छ । ३४ हजार ४८५ मत खसेकोमा एक हजार ११४ मत बदर भएको छ ।