बिहीबार , कात्तिक १५ गते २०८१

मतदानलाई असर पार्ने कार्य निस्तेज, ३४ स्थानमा शङ्कास्पद बस्तुको डिस्पोज

मतदानलाई असर पार्ने कार्य निस्तेज, ३४ स्थानमा शङ्कास्पद बस्तुको डिस्पोज

अखबार दैनिक
आइतबार, मंसिर ४ २०७९
  • मतदानलाई असर पार्ने कार्य निस्तेज, ३४ स्थानमा शङ्कास्पद बस्तुको डिस्पोज

    मंसिर ४ काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ वटा शङ्कास्पद वस्तु भेटिएपछि डिस्पोज गरिएको छ । देशका विभिन्न ठाउँमा फेला परेका ३४ शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको हो । 

    images

    मतदान कार्यलाई असर पार्नेगरी राखिएका यी शङ्कास्पद बस्तुहरूलाई सेनाको टोलीले निष्क्रिय पारेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले दिएको जानकारी अनुसार शङ्कास्पद वस्तु राखेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु  भएको उहाँले बताउनुभयो । 

    अहिले देशका सबै ठाउँमा शान्तिपूर्णरूपमा मतदान भइरहेको पनि उहाँले बताउनुभयो । मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार