मंगलबार, मंसिर ११ गते २०८१

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

अखबार दैनिक
मंगलबार, मंसिर ११ २०८१
  • इन्डोनेसियामा बाढी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

    एजेन्सी। इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ ।

    images

    इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका कारो, डेली सर्डाङ, दक्षिण तपानुली र पडाङ लाससहित चार प्रान्तमा आकस्मिक बाढी र पहिरोले असर पारेको मंगलबार जनाएको छ । घटनाको पुष्टि गर्दै एजेन्सीले बाढी पहिरोमा परी दुई जना अझै बेपत्ता रहेको जनाएको छ ।

    पछिल्लो समयमा इन्डोनेसियाले वर्षाको मौसममा चरम मौसमी प्रतिकुलताको शृङ्खलाको सामना गरेको छ, भने जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण बारम्बार यस्ता समस्याको सामना गर्न बाध्य हुनु परेको जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार