निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । १५, २० जनाको समूहले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए ।
प्रहरीका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरी प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् ।