सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य ९ख० का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गर्नुभएको हो । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।
बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । तर, यसको उल्लंघन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहनु भएको छ ।
यसबारे खबर पाएको प्रहरीले आचारसंहिताविपरीतका कार्य रोक्न बताएको छ । घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताउनु भएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताउनु भयो ।