आइतबार, जेठ ६ गते २०८१

माघ २० मा रिलिज हुँदै  ह्यारी की प्यारीः सोही दिन अभिनेत्री साम्राज्ञीको जन्मदिन पनि

माघ २० मा रिलिज हुँदै  ह्यारी की प्यारीः सोही दिन अभिनेत्री साम्राज्ञीको जन्मदिन पनि

अखबार दैनिक
शुक्रबार, मंसिर २ २०७९
  • माघ २० मा रिलिज हुँदै  ह्यारी की प्यारीः सोही दिन अभिनेत्री साम्राज्ञीको जन्मदिन पनि

     

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपाल अभिनित फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री साम्राज्ञीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले शुक्रबार फिल्मको केही पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका हुन् । 


    बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएका फिल्ममा साम्राज्ञी र जीतुको अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिका छ ।

    images

    डाक्टर कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजालकै कथा तथा निर्देशन छ । पेसाले दन्त चिकित्सक डाक्टर रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत र कविराज गहतराजको कोरियाग्राफी छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार