सोमबार, साउन ७ गते २०८२

अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

    काठमाडौं । बलिउडका सुपरस्टार कलाकारहरुले आफ्ना प्रशंसकहरुलाई विशेष र अलग्गै समय व्यवस्थापन गर्ने गर्छन् । सोही सिलसिलामा अमिताभ बच्चनले परम्परालाई जीवित राख्दै मुम्बईको आफ्नो निवास बाहिर भेला भएका सयौं प्रशंसकहरूप्रति अभिवादन गरेका छन् । 

    images

    उनले आइतबार आफ्नो मुम्बई निवास, जलसा बाहिर प्रशंसकहरूलाई अभिवादन गर्ने आफ्नो लामो समयदेखिको परम्परालाई निरन्तरता दिएका हुन् । भेला भएका सयौं प्रशंसकहरूलाई स्वागत गर्न बाहिर निस्किएर कृतज्ञतामा हात हल्लाएर अभिभावदन गरेका थिए ।

    Photo-4-2.png

    प्रत्येक आइतबार, देशभरका र विदेशबाट पनि प्रशंसकहरू सुपरस्टारको एक झलक हेर्नको लागि उनको निवास बाहिर भेला हुने गरेका छन् ।

    आफ्नो सिग्नेचर स्टाइलमा सजिएका उनले हात जोडेर, हल्लाउँदै र न्यानो मुस्कानका साथ प्रशंसकहरूलाई स्वागत गर्दा ऊर्जावान र हर्षित देखिन्थे । धेरै प्रशंसकहरूले अभिनेताको जयजयकार गर्दै पोस्टर, फूल र ब्यानर बोकेका थिए ।

    Photo-2-6.png

    आफ्नो व्यस्त तालिका र चलिरहेका परियोजनाहरूको बावजुद, अमिताभ बच्चनले आफ्ना प्रशंसकहरूसँग भेट्ने यस्तो अवसरलाई छुटाउने गरेका छैनन् । उक्त क्षणलाई धेरै क्यामेराहरूले कैद गरेका थिए । बढ्दो उमेरका बाबजुत पनि उनी पछिल्लो समय फिल्ममा देखिदै आएका छन् । (एनएनबी, एएनआइ)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ