जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा भइरहेको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब यो सुनुवाइ आइतबार हुनेछ।
