तनहुँ, गोरखा र कास्की जिल्लाका पालिकाहरूमा गरिएको ‘मतदाता शिक्षामा सहभागिता कार्यक्रमको अवलोकनबाट यस्तो पाइएको हो। गोरखा नगरपालिका–७ मान्द्रे ढुंगाको एकता टोल पुग्दा दुईजना स्वयंसेविकाले सामुदायिक भवनमा टोलका १० जना मतदाता जम्मा गरेर मतदान गर्ने तरिका सिकाइरहेका थिए। सो वडामा २ हजार ८७८ मतदाता छन्।
अति न्यून संख्यामा मतदाताको सहभागिता रहेको भन्दै स्वयंसेविका सुमित्रा श्रेष्ठले स्वीकार गरिन्। बिहान तथा साँझ मतदाता शिक्षाको समय मिलाइए पनि स्थानीयको सहभागिता जुटाउन कठिन भएको उनको गुनासो थियो।