बिहीबार , कात्तिक १५ गते २०८१

भूमिहीन, सुकुम्बासीलाई हटाउन खोज्नु आचारसंहिता विपरित : नेता सिंह

भूमिहीन, सुकुम्बासीलाई हटाउन खोज्नु आचारसंहिता विपरित : नेता सिंह

अखबार दैनिक
बिहीबार , मंसिर १ २०७९
  • भूमिहीन, सुकुम्बासीलाई हटाउन खोज्नु आचारसंहिता विपरित : नेता सिंह

    मंसिर १ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकिर छ ।
     
    काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए ।
     
    बागमती नदी किनारका वस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘वागमती सभ्यता सर्वाधिकार सम्पन्न समिति ले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतिक्षामा बस्नुपर्छ ।’
     
    अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए ।
     
    आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा  बिश्वस्त रहन आग्रह गर्नु भयकोछ  ।
     
    सुकुम्वासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।’
     
    उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान आफुहरुले मात्रै गर्ने सक्ने  जिकीरसमेत गरे । कुन चाहिं उम्मेदवारलाई जिताउँदाखेरि आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर कांग्रेस लाई  मंसिर चार गतेको दिन रुख चिनह मा  मतदान गर्न आह्वान गर्नुभएकोछ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार