बिहीबार , कात्तिक १५ गते २०८१

चुनावले छोएन पहाडका मुस्लिमलाई

चुनावले छोएन पहाडका मुस्लिमलाई

अखबार दैनिक
बिहीबार , मंसिर १ २०७९
  • चुनावले छोएन पहाडका मुस्लिमलाई


    मंसिर १ सुर्खेत — माटाका साना–साना ८० घर छन् । झन्डै ३ सय ५० मुस्लिमहरूको बसोबास छ । तर भैरवी गाउँपालिका–३ स्थित मदरसागाउँमा अहिलेसम्म चुनावको रौनक छैन ।

    images

    ०४८ सालयता गाउँमा आउने उम्मेदवारहरूले मुस्लिम गाउँको विकास गर्छु भने । तर जितेर गएपछि कोही पनि फर्केर आएनन् । त्यसैले स्थानीयहरूले आफैं एजेन्डा तय गरेका छन्– जसले गाउँको विकासको लिखित प्रतिबद्धता गर्छ, उसैलाई भोट दिने । ‘अरू गाउँमा धेरै विकास भयो, हामी भने उहीका उही छौं,’ ५३ वर्षीया सलिना मियाँले भनिन्, ‘सरकारले दिने सबै सेवासुविधा मधेसतिर जान्छ, तर पहाडका मुस्लिमहरू एक गाँस पनि राम्रोसँग खाने अवस्थामा छैनौं ।’

     

    उनले आफूहरूको समुदाय दलहरूको ‘स्पेसल भोटबैंक’ जस्तो भएको बताएन । ‘सत्ता फेरियो, सरकारमा भएका मानिस फेरिए तर मुस्लिमहरूको छानो, नानो र मानो फेरिएन,’ उनले भनिन्, ‘बिहान–बेलुकाको हातमुख जोड्न र परिवार चलाउनका लागि हामी महिलाले पनि दिनहुँ मजदुरी गर्नुपर्छ, मजदुरी गर्न नपाए हाम्रो घरमा चुलो बल्दैन ।’ मदरसागाउँ बत्ती, पानी र शिक्षाको पहुँचबाट टाढा छ । स्थानीय विनय मियाँले समुदायका झन्डै २ सय जना बालबालिकाहरू विद्यालयबाट वञ्चित रहेको बताए । उनका अनुसार समुदायमा कक्षा ५ सम्म रहेको मदरसा शिक्षक अभावले लथालिंग छ ।

    ‘शिक्षकहरू पनि हामीले उठाएको खर्चबाट पढाउन बाध्य छन्, सरकारले दरबन्दीका शिक्षक नै पठाउन मान्दैन,’ उनले भने । उनका अनुसार रोजगारीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश युवालाई मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ । समुदायका अगुवा रमेश मियाँका महिलाहरूको चुरा बनाउने पेसा धरापमा परेपछि अधिकांशले ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार