मंसिर १ काठमाडौं । एमाले नेता भीम रावल अहिले गृह जिल्ला अछाम जाँदै छन् । पार्टीले अछाम १ बाट प्रतिनिधि सभाको टिकट नदिएपछि रुष्ट भएका रावलले मौन अवधि सुरु हुने दिनै गृह जिल्ला अछाममा आफू मत दिन मात्रै जान लागेको बताए ।
‘अहिले अछाम १ मा नेकपा एमालेले झपट बोहरालाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा बहालवाला श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन् ।
अघिल्लो पटक भीम रावल प्रतिनिधि सभामा निर्वाचित हुँदा हालका एमाले उम्मेदवार बोहरा प्रदेश सभामा विजयी भएर प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए भने नेकपा एसका हालका उम्मेदवार एमालेबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।