कात्तिक ३० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुक लाइभमा नागरिकताको विषय आफूले चार वर्षअघि नै सल्टाइसकेको बताएका छन् ।
अमेरिकाको नागरिक भइसके पनि नेपालको नागरिकता नत्यागेका विषयमा परेको उजुरीमा प्रष्टीकरण दिँदै उनले यस्तो बताए । आफूले अमेरिकाको नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको वा नत्यागेकका विषयमा भने खुलाएनन् ।
लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेपछि रविको यो धारणा सार्वजनिक भएको हो ।