बिहीबार , कात्तिक १५ गते २०८१

मतदाताहरूले मलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छन् :  प्रकाशमान सिंह

मतदाताहरूले मलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छन् :  प्रकाशमान सिंह

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • मतदाताहरूले मलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छन् :  प्रकाशमान सिंह

    कात्तिक ३० काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएका छन् । बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएका हुन्।

    images


    नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएको जानकारी दिए।

    विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको नेता सिंहको भनाइ छ।

    उनले भने, ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। मलाई तपाईं प्रधानमन्त्री हुनुपर्‍यो भनिरहनु भएको छ। यो निर्वाचन क्षेत्रको बाटोदेखि गल्लीहरू ढुंगाले छापेका छौँ, मेन रोड पिच भइसकेका छन्। यसअघि घरदैलोमा जाँदा किन भोट दिने भनेर गाली गर्थे तर यसपटक सबैले समर्थन गरेका छन्। शिक्षाको गुणस्तरमा समानता ल्याउने काम हामीले गर्नेछौँ। सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा फरक भएकाले अब समान बनाउने काम हामी गर्नेछौँ। संघीय शिक्षा ऐन बनाउँदा त्यसमा हामी बढी जोड दिनेछौँ। १६ रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर उपभोग गरेकोबाट फर्काएर बानश्वर एक नम्बर निर्वाचन क्षेत्रमा १५ वटा पार्क बनाउने छौँ। पार्क, भवन, ओपन जिम बनाउनेछौँ।’

    काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता सिंहले संवैधानिक निकायहरूमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने पनि बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार