मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । खड्का कास्की २ (ख) मा प्रदेश सभा सदस्यको आकांक्षी थिए । उनको ठाउँमा बहालवाला कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाएका छन् ।
रुष्ट खड्काले थापालाई हराउन भूमिका खेलेको चर्चा कास्कीमा छ । सम्भवतः त्यही कारण मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका हुन् । उक्त मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत नै राखेका छन् ।
यसअघि गत २२ कात्तिकमा मुख्यमन्त्री पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए । उनले पनि गृहजिल्ला गोरखामा गठबन्धनका उम्मेदवारलाई हराउन लागेको आरोप छ ।