बिहीबार , असोज ३ गते २०८१

युएईसँग नेपाल पराजित

युएईसँग नेपाल पराजित

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • युएईसँग नेपाल पराजित

    कात्तिक २८ काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो । ​

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले दिएको २६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्र बनायो । नेपालका लागि अर्जुन साउँद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।​ एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु खेलमा अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले । त्यस्तै नेपालका आसिफ शेखले १२ रन बनाउँदा गुलशन झा १९ रन बनाए ।  


    युएईका आयन अफ्जल खानले ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १.१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए । नेपालका गुलशन झाले दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए ।

    यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १.० को अग्रता बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ