शुक्रबार, भदौ २६ गते २०८३

ओमानमाथि नेपालको शानदार जित, फाइनलमा यूएईसँग भिड्ने

ओमानमाथि नेपालको शानदार जित, फाइनलमा यूएईसँग भिड्ने

अखबार दैनिक
बिहीबार , भदौ २५ २०८३
  • ओमानमाथि नेपालको शानदार जित, फाइनलमा यूएईसँग भिड्ने

    काठमाडौं, २५ भदौ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित हात पारेको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रामानन्दीले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका बलरमध्ये कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए। रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ लाइनअप धराशायी बनेको थियो।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए ।

    नेपाल २३ रनमा पहिलो विकेट गुमाएपछि ३६ रनमा चार विकेट गुमाउँदै संकटमा परेको थियो। त्यसपछि दीपेन्द्र र बसिरले उत्कृष्ट ब्याटिङ गर्दै ९३ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो ।

    देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले १२९ रनमा पाँचौं विकेट गुमाएपछि थप १८ रन जोड्दा बाँकी विकेट गुमाएको थियो ।

    ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै ३ विकेट लिए। मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए ।

    सेमिफाइनलमा जितसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान पक्का गरेको छ। अब नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल शनिबार हुनेछ।

    फाइनलमा यूएईलाई हराउन सके नेपालले एसिया कपमा समेत स्थान सुरक्षित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ