कात्तिक २८ काठमाडौँ । नेपाली कांग्रेसले ५ जना बागी उम्मेदवारलाई कारबाही गरेको छ । पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनका प्रस्तावकलाई पार्टीको सदस्यता नरहने गरी कारबाही अघि बढाएको हो ।
नेपाली कांग्रेसले विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (१) बमोजिम ५ वर्षका लागि महासमिति सदस्य, हुम्लाका मंगलबहादुर शाही, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव, महाधिवेशन प्रतिनिधिहरू रविन्द्रप्रसाद यादव, वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवाप्रसाद यादव कारवाही गरेको हो ।
पार्टीले तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाइ दिन समेत निर्देशन दिएको छ ।