बिहीबार , असोज ३ गते २०८१

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

    कात्तिक २८ काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यूएईले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।

    images


    युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले ७ चौका प्रहार गरे । यस्तै मुहमद वासिमले ४४ रन बनाउँदा भ्रित्य अरभिन्दले ४० रनको योगदान गरे । यूएईका लागि एलिशन शाराफुले २९ रनको योगदान गर्दा बसिल हामिदले १४ जोडे । नेपालका गुलशन झाले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए ।

     

    नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।


    यसअघि यूएई र नेपालबीच भएका ६ एकदिवसीयमा नेपालमा दुईमा जित निकालेको छ भने यूएईले चारमा जित निकालेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ