बिहीबार , असोज १ गते २०८३

चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

    कात्तिक २८ काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि प्रचारप्रसार गर्न ४ दिनमात्रै बाँकी रहेको छ ।


    निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, बैठक, भेला वा चुनाव प्रचारप्रसारसम्बन्धी काम गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ।


    मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले त्यस अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार