बिहीबार , असोज १ गते २०८३

गोरखा-२ का उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचार टोलीमाथि आक्रमण

गोरखा-२ का उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचार टोलीमाथि आक्रमण

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • गोरखा-२ का उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचार टोलीमाथि आक्रमण

    गोरखा २८ गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार अब्दुस मियाँको चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति पालुङटार नगरपालिका-६ च्याङलीस्थित एक होटलमा बसिरहेका प्रचार टोलीलाई एक समूहले आक्रमण गरेको जनाइएको छ । आक्रमणबाट नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।

     


    उनको टाउकोमा सातवटा टाँका लगाइएको छ । तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार भएको छ । आक्रमणमा संलग्न तनहुँका अजित पन्त र राम सापकोटालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । घटनमा संलग्न थप दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘उहाँहरू आफ्नै मान्छेहरूबीच कुटपिट भएको बुझेका छौँ,’ खनालले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदै छ ।’ आइतबार राति साढे ११ बजे घटना घटेको प्रहरीले जनाएको छ ।

     

    आफूहरूको टोलीमाथि सुनुयोजित तवरले आक्रमण भएको गोरखा क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका मियाँले दावी गरे । ‘म प्रचारमा थिएँ, म बस्ने होटलमा खाना खाइरहेका साथीहरूमाथि आक्रमण भयो,’ उनले भने ,‘दीपक तामाङ भन्ने मान्छे को हो भन्दै उहाँहरू होटल प्रवेश गर्नुभएछ, किन भन्दा सिधै आक्रमण सुरु भयो ।’

    छुट्याउने क्रममा सचिवालय सदस्य काफ्ले घाइते भएको उनले बताए । ‘आक्रमण गर्नेहरूसँग हाम्रो चिनजान र परिचय छैन । हाम्रो प्रचार टोलीललाई जोगिएर हिँड्नु भनेर थ्रेट कल आइरहेको थियो । त्यसैले हामीले सुनियोजित तवरले आक्रमण भएको बुझेका छौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार