बिहीबार , असोज १ गते २०८३

कार्यकर्ता कुटेको भन्दै दार्चुलामा सत्तागठबन्धनले गर्‍यो सडक अवरुद्ध, एमालेको चुनावी सभामा गएकाहरु बाटोमै रोकिए

कार्यकर्ता कुटेको भन्दै दार्चुलामा सत्तागठबन्धनले गर्‍यो सडक अवरुद्ध, एमालेको चुनावी सभामा गएकाहरु बाटोमै रोकिए

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • कार्यकर्ता कुटेको भन्दै दार्चुलामा सत्तागठबन्धनले गर्‍यो सडक अवरुद्ध, एमालेको चुनावी सभामा गएकाहरु बाटोमै रोकिए

    कात्तिक २८ दार्चुला । नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको भन्दै दार्चुलामा सत्तागठबन्धनमा आवद्ध दलका कार्यकर्ताले आइतबार रातिदेखि सडक बन्द गराएका छन्।

    गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।


    नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायकर्ताबीच आइतबार झडप भएको थियो । गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ नगरेसम्म सडक नखुलाउने बताएका छन्।

    सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा भेला गराएर सडक बन्द गराएको नौगाड एमाले गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए ।

    उनका अनुसार सडक अवरुद्ध हुँदा नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय घर फर्कन पाएका छैनन्।

    प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताए।

    एमालेको चुनावी सभामा गएका कलाकारसहितका कार्यकर्ताहरु होपरीगाड जामिर क्षेत्रमै रोकिएका छन्।

    नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले कुटपिट गरेको आरोप लगाए। 

    वडा नम्बर ६ बाट चुनावी सभामा जाने क्रममा एमालेका कार्यकर्ताले गाडी तथा सर्वसाधारणलाई रोकेपछि झडपको स्थिति आएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार