शुक्रबार, असोज २ गते २०८३

उम्मेदवारको समर्थन वा आलोचना गर्ने कर्मचारीको ‘जागिर धरापमा’

उम्मेदवारको समर्थन वा आलोचना गर्ने कर्मचारीको ‘जागिर धरापमा’

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • उम्मेदवारको समर्थन वा आलोचना गर्ने कर्मचारीको ‘जागिर धरापमा’

    कात्तिक २८ काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको पक्ष वा विपक्षमा उभिने सरकारी कर्मचारीमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्।

    उनले स्थानीय प्रशासनका कर्मचारीले चुनावलक्षित राजनीतिक दलका उम्मेदवारसँग पक्ष वा विपक्षमा लागेर काम गरेको पाएमा ‘जागिर नै धरापमा’ पर्नसक्ने चेतावनी दिए। ‘कुनै ठाउँको स्थानीय प्रशासक वा कर्मचारी कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ’, उनले भने, ‘यति ठूलो जोखिम उठाउनु पर्छ कि उहाँहरूको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ।’


    उनले कुनै पनि कर्मचारी उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन सञ्चारमाध्यमलाई आग्रह गरे। उनले सरकारी सेवामा रहेर निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने बताए।  आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीको गतिविधि सूक्ष्म ढंगले निगरानी राखेको पनि जानकारी दिए।  

    आयुक्त भण्डारीले अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारले आचारसंहिता उल्लंघनको तीव्र पार्नसक्ने आँकलन गरी आयोगले सोहीअनुसार सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए। आचारसंहिता कुनै पनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौँ’, उनले भने, ‘यसका अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ तपाईँहरू सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौँ।’

    निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि दाबी गरे। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ