कार्तिक २८ काठमाडौं । राप्रपाका गुञ्जन बहादुर न्यौपाने दीक्षान्स खड्का,मकवानपुर स् मकवानपुर क्षेत्र नम्बर १ (ख)का राप्रपा उमेद्वार गुञ्जन बहादुर न्यौपाने गठबन्धन दलका उमेद्वारको तुलनामा बलियो प्रत्यासीको रुपमा देखिएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनको लागी महत्वपुर्ण क्षेत्र मानिने मकवानपुर क्षेत्र नम्बर १ (ख)मा प्रदेश सभा सदस्यको लागी आनन्दराम पराजुली काङ्ग्रेस गठबन्धन तर्फ बाट र एकलाल श्रेष्ठ ऐमालेको तर्फ बाट उमेद्ववार रहेका छन् । स्वतन्त्र र अन्य साना दलहरुको पनि उमेद्धार छन् तर खासै चर्चा छैन । हेटौडाको मुख्य बजार क्षेत्र समेत पर्ने मकवानपुर क्षेत्र नम्बर १ (ख)मा जनाधार भएका दलहरुले स्थानीय तहमा पाएको मतको आधारमा हेर्नेहो भने गुञ्जन बहादुर न्यौपानेको जितको आधार बलियो देखिन्छ ।
गत स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा स्थानीय तह निर्वाचनमा प्रदेश सभा १ (ख) मा पर्ने (२,४,५,६,७,८,९,१०,१२,१३,१४,१५) गरि १२ वडामा मेयर तर्फ राप्रपाले १३हजार १ सय ९८ मत पाउदा ऐमालेले १४हजार १सय३४ पाएको थियो भने काङ्ग्रेस गठबन्धनले १३हजार २ सय ८१ मत प्राप्त गरेको थियो ।
यस क्षेत्र अन्तर्गत रहेको समुदायको सहयोग पाएको खण्डमा न्यौपानेको जितको आधार अझ बलियो हुने आकलन गरिएको छ।गत स्थानीय निर्वाचनमा कम मत पाएको स्थान हेटौंडा १२९१३९१४ ९१५ मा पायक पर्ने गरि भोलि कार्तिक २८ गते विशाल आम सभा आयोजना गर्नुले पनि हाल राप्रपा कति बलियो स्थितिमा छ भन्ने स्पष्ट देखाई रहेको छ ।
हाल यही स्थिति रहने हो गुञ्जन बहादुर न्यौपाने पनि प्रदेश सभा १ (ख) का बलिया प्रत्यासी देखिएका छन । केन्द्रबाट १ नम्बर क्षेत्रमा कमल थापालाई टिकट दिएकाले पनि एमाले कार्यकर्तामा निरासा छाएको छ त्यसको असर पनि मत पेटिका सम्म पुग्ने आँकलन एमाले भित्रनै हुने गरेको छ। राप्रपाका उमेद्धार न्यौपानेको सामाजिक सक्रियता मत आकर्षण गर्ने अर्को आधार देखिन्छ। हुप्रा चउर बचाउ अभियानमा सक्रिय भई १३ तले भ्यु टावर हुप्राचउरमा होईन हेटौंडा अस्पताल परिसरमा बनाईनु पर्ने लगायत ६ बुदे मागको लागि न्यौपाने निरन्तर संघर्षमा छन । उनी कृष्ण प्रणामी सम्प्रदायमा आबद्ध छन् ।
प्रणमी सम्प्रदायको १९ हजार सदस्य संख्या मध्य लगभग ८ हजार संख्या यहि क्षेत्रमा बसोबास गर्छन । राप्रपाको राष्ट्रिय छविको कारण यस पटक जनताको रोजाईमा राप्रपा पर्ने बिष्लेषकहरु बताउछन । रवि लामिछानेको नेतृत्वको पार्टी स्वतन्त्र अभियान लगाएतमा केही मत समानुपातिक तर्फ जाने देखिन्छ तर पनि मतदाताहरुले राष्ट्रिय पार्टि बन्न नसक्ने र समानुपातिक उमेदवारहरु त्यति प्रभावशाली नभएको र स्वतन्त्र पार्टिको ऐजेण्डा र बिचार काङ्ग्रेस,माओवादी,एमाले भन्दा खासै पृथक नभएको भन्न थालिसकेका छन् ।
यो निर्बाचनमा फेरी मतदाताहरुले बैकल्पिक शक्तिको रुपमा राप्रपालाई रोज्ने संकेत देखिएको छ ।