बिहीबार , असोज ३ गते २०८१

नेप्सेको पुरानो वेबसाइट बन्द

नेप्सेको पुरानो वेबसाइट बन्द

अखबार दैनिक
शुक्रबार, कात्तिक २५ २०७९
  • नेप्सेको पुरानो वेबसाइट बन्द

    कार्तिक २५ काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेको पुरानो वेबसाइट हिजो बिहीबार साँझबाटै बन्द भएको थियो । तर, नेप्सेले भने आज सूचना प्रकाशित गरी पुरानो वेबसाइट बन्द गर्न लागिएको जानकारी गराएको हो । 

    images

    हाल परीक्षणका रुपमा रहेको नेप्सेको नयाँ वेबसाइट भने आइतबार (कात्तिक २७ गते) बाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । अबउप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांक अद्यावधिक नहुने पनि नेप्सेले अवगत गराएको छ । 

    यसअघि गत कात्तिक ६ गते पनि नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको थियो । योसँगै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी अनिवार्य रुपमा लिन पनि पनि नेप्सेले आह्वान गरेको थियो । 

    यसअघि नट्सको लगइन तथा युजर आईडी नलिएका कम्पनीहरुलाई अनिवार्य रुपमा लिन पनि नेप्सेले आग्रह गरेको थियो । सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको नेप्सेले स्पष्ट पारेको छ । 

    कात्तिक २७ गतेबाट सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ । पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ