शुक्रबार, असोज २ गते २०८३

बाढीको असरबीच राजस्व संकलन बढ्यो, तर भेटिएन लक्ष्य

बाढीको असरबीच राजस्व संकलन बढ्यो, तर भेटिएन लक्ष्य

अखबार दैनिक
बिहीबार , असोज १ २०८३
  • बाढीको असरबीच राजस्व संकलन बढ्यो, तर भेटिएन  लक्ष्य

    काठमाडौं, १ असोज । उत्तरी नाकामा बाढीले अवरोध सिर्जना गरे पनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको थियो।

    यस वर्ष भदौमा मात्रै ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको भदौमा भने ७३ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको थियो।

    तर राजस्व संकलन वृद्धि भए पनि सरकारले राखेको लक्ष्य भने पूरा हुन सकेन। भदौसम्म २ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ८५.९३ प्रतिशत मात्रै प्राप्त भएको छ।

    भदौ महिनामा मात्रै ९६ अर्ब ८८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ९१ अर्ब ३८ करोड रुपैयाँ अर्थात् ९४.३३ प्रतिशत राजस्व उठेको मन्त्रालयले जनाएको छ।

    सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा उत्तरी नाकामा परेको अवरोधले आगामी दिनको राजस्व संकलनमा असर पर्न सक्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ