बिहीबार , असोज ३ गते २०८१

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

अखबार दैनिक
शुक्रबार, कात्तिक २५ २०७९
  • एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    काठमाडौं । एस्टन भिल्लालाई ४.२ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाएको छ ।

    images

    बिहीबार रातिको जितसँगै आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३.१ हारको बदला समेत युनाइटेडले लिएको छ ।


    ४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै एन्थोनी मार्सियलले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

    ६१औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २.१ को अग्रता लिएको थियो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

    ७८औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३.२ मा पुर्याएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरे ।

    यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ