कार्तिक २५काठमाडौं । काठमाडौं क्षेत्र नम्वर २ मा एक सफल यूवा उद्यमि एवम समाजसेवी अनुप वोहोरा आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई खुकुरी क्रस चुनाव चिन्ह लिएर चुनाव लड्दै छन ।
विगत लामो समयदेखि उनले विभिन्न संघ सस्थालाई आर्थिक सहयोग गरि समाजको एक उदारहणीय काम गरेर सफलता हाँसिल गरिसकेका उनले ५०० देखि ६०० जनालाई रोजगार प्रदान गरिरहेका छन । विगत लामो समय समाजसेवा गरे पछि अब भने यो देशको लागी सेवा गर्छु भन्दै राजनितिमा आएका छन।उनि भन्छन् म ठुला ठुला सपनाको भारी बाड्न जान्दिन राजनिती दलको जस्तो धेरै सपनाहरु देखाउन र झुट बोल्न आएको होईन् । हाम्रो देशमा गर्नुपर्ने कामको लिष्ट लामो बन्छ । समाज परिवर्तन यूवाबाटै सम्भव छ र कुनै पनि वाधा आए पछि नहट्ने उनको दाबी छ । रोजगार सिर्जनामा उनको अहम भूमिका रहने पनि उनले बताएका छन ।पोलिसि लेभलबाट नै देश बन्न सक्ने र म जिते पनि हारे पनि परिवर्तनको बाटो सधैं हिड्ने उनि बताउँछन ।
सरकारी क्षेत्रबाट पूरा देशभर युवा उद्यमी जन्माउन सकिन्छ, यो देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा एउटा सांसद भएर ठूलो परिवर्तन ल्याउन सक्ने बलियो आँट, मेरो शिक्षाको विज्ञता अनि विगत ७ वर्षदेखिको निरन्तर परिश्रमका कारण आफूलाई सांसदको योग्य उम्मेदवार ठानेर उम्मेदवारी दिएको उनले बताए।
नेपाललाई आईटी सेक्टरमा पूरै डेभलपमेन्ट गर्नको लागि र नेपाली युवाहरुलाई रोजगारी दिनको लागि, नेपालको सामाजिक अनि आर्थिक अवस्था माथि उठाउनका लागि नेपालको सरकारी कार्यालयमा पारदर्शी, भ्रष्टाचारमुक्त गरेर कामलाई अति सहज र सरल तरिकाले सम्पन्न गर्ने गरी प्रविधिमार्फत अघि बढ्ने कल्पना गरेको ,सरकारी कामहरु एप्लिकेशन निर्माण गरेर सम्पन्न गर्ने ,आईटी क्षेत्रमा ठूलो लगानी गरेर विश्वस्तरीय आईटी मेनपावर अनि आईटी वैज्ञानिकहरु पैदा गरेर ठूला ठूला आईटी कम्पनीहरु खोल्ने,सबै सिस्टमलाई डिजिटल रुपमा छिटो छरितो अनि भ्रष्टाचाररहित सेवा र सुशासनका लागि प्रतिबद्धता ब्यक़्त गरेका छन ।
काठमाडौं २ का जनताको दुःख कष्ट पिर मर्का देखेर धेरै भाबुक छु । बोल्न केहि शब्द छैनन् ।सहरको यो अवस्था लाई पाँच बर्ष भित्रमा काया पलट गर्न सकिन्छ । जिम्मा र दायीत्व तपाईहरुले दिनुभयो भने कसम खाएर भन्ने छु कि तपाई जनतालाई गर्व गर्न योग्य काम गरेर देखाउने प्रतिबद्धता गरेको छु उनले भने ।