शुक्रबार, असोज २ गते २०८३

कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड

कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड

अखबार दैनिक
शुक्रबार, कात्तिक २५ २०७९
  • कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड

    काठमाडौं । मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्।प्रचण्ड गोरखा २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्।


    आफ्नो निर्वाचन क्षेत्र गोरखा २ अन्तर्गत जौवारीमा आज बिहान भएको चुनावी कोण सभामा बोल्दै उनले विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहेको र कांग्रेस(माओवादी मिल्दा समृद्धिले गति पाउने बताए।

    ‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ प्रचण्डले भने।

    प्रचण्डले चुनावी सभाहरूमा स्थानीय मुद्दालाई पनि प्राथमिकताका साथ उठान गर्दै आएका छन्। उनले कच्ची सडक कालोपत्र गर्ने प्रतिबद्धता पनि जनाएका छन्। प्रचण्ड पछिल्लो पटक बिहीबारदेखि गोरखा २ का विभिन्न गाउँमा चुनावी कोणसभा गरिरहेका छन्।

    उनले सडक कालोपत्र गर्ने कुरा मुख्य देखिएको बताए। ‘धुलो बाटोलाई पिच गर्ने पहिलो प्राथमिकता हो,’ उनले भने, ‘पहाडमा सडक कस्तो हुनुपर्छ भन्ने देशभरि देखाउन यहाँका बाटा पिच गरिन्छ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ