बिहीबार , कात्तिक १५ गते २०८१

अमेरिकाबाट उच्च शिक्षा पढेका अन्सारीको घरदैलोमा के भन्छन् मतदाता ?

अमेरिकाबाट उच्च शिक्षा पढेका अन्सारीको घरदैलोमा के भन्छन् मतदाता ?

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • अमेरिकाबाट उच्च शिक्षा पढेका अन्सारीको घरदैलोमा के भन्छन् मतदाता ?

     

     

    वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जमा पर्साको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अन्सारीले घरदैलो गरेका छन् । बिहीवार बिहान घरदैलोका क्रममा हरपतगञ्ज पुगेका अन्सारी पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । 

    images

    मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिएसँगै अन्सारीले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका अन्सारी प्रभावशाली युवा नेताको रुपमा परिचित छन् । संयुक्त राज्य अमेरिकाबाट उच्च शिक्षा हाँसिल गरेका अन्सारी शिक्षित एवम् सक्षम उम्मेदवार भएकाले उनलाई अवसर दिनुपर्ने हरपगञ्जका मतदाताको प्रतिक्रिया छ ।

    यसअघि २०७४ सालको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख र यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका अन्सारीले यसपटक जसरी पनि जित्नुपर्ने मतदाताको मनसाय छ । उनी जस्तै सक्षम एवम् जोश र जाँगरिलो युवा नेता नेतृत्वदायी भूमिकामा गएपछि पक्कै पनि परिवर्तनको अनुभुती गर्न पाउने अपेक्षा यहाँका नागरिकले गरेका छन् । 

    घरदैलोका क्रममा अन्सारीले आफ्ना एजेण्डाहरुको बारेमा पनि प्रकाश पारीरहेका छन् । भ्रष्टाचारको भण्डाफोर गरेर सुशासन स्थापना गरी सरकारी सेवा प्रवाहमा सरलीकरण तथा सहजीकरण गर्ने विषयलाई उनले प्राथमिकताका साथ उठाएका छन् ।

    यसका अलावा वीरगञ्ज महानगर भएपनि आवश्यक पूर्वाधार बिना यहाँका नागरिकले गाउँपालिका जस्तै पनि सेवा सुविधा पाउन नसकिरहेकोमा आपत्ति जनाउँदै उनले नीतिगत रुपमा सुधार गर्नका लागि युवाहरुलाई जिताउन अपिल अन्सारीले गरेका छन् ।


    हर्पतगञ्जका मतदाताले चुनाव जितीसकेपछि हरेक महिनामा एकपटक जनतासँग भेट्नुपर्ने प्रस्ताव अन्सारीसमक्ष राखेका थिए । अन्सारीले पनि आफु सँधै जनताकै माझमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का पूर्व अध्यक्ष पारस यादव, नेपाली कांग्रेसका नेता दामोदर यादव लगायत नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु उनीसँगै घरदैलोमा उपस्थित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार