बिहीबार , कात्तिक १५ गते २०८१

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भः आयुक्त डा.तुलाधार

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भः आयुक्त डा.तुलाधार

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भः आयुक्त डा.तुलाधार

    तनहुँ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन आयोगकी आयुक्त डा.जानकीकुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्त्वपूर्ण आधारस्तम्भ भएको बताएकी छिन् ।

    images

    उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताइन् । सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाइ थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिन् । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधारले भनिन्, “आचारसंहिता सबैलाई समान रूपमा लागू हुन्छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार