काठमाडौँ । निर्वाचन आयोगले ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।
घण्टी बजाउँदा ध्वनि प्रदुषण हुने भन्दै नबजाउन आयोगले निर्देशन दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले प्रचारप्रसारका क्रममा आफ्नो चुनाव चिह्न घण्टी लिएर बजाउँदै हिड्ने गरेका थिए ।