बिहीबार , कात्तिक १५ गते २०८१

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • राष्ट्रपति भण्डारी आइसल्यान्डमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्ल्यूपीएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छन् ।

    images

    यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी मंगलवार आइसल्यान्ड पुगेकी डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले जनाएको छ । फोरम डब्ल्यूपीएल आइसल्यान्ड सरकार र आइसल्यान्ड संसद्द्वारा आयोजना गरिएको हो ।


    राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि राष्ट्रपतिलाई दोहा विमानस्थलमा कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकाल तथा अन्य अधिकारीहरूका साथै कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गरेका थिए ।

    जर्मनीको फ्रांकफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गरेका थिए ।

    राष्ट्रपति भण्डारीले बुधवार अपराह्न रेक्जाभिक ग्लोबल फोरममा सम्बोधन गर्ने र डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड–२०२२ ग्रहण गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

    राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमवार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । उनी भ्रमण सम्पन्न गरी कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार