कार्तिक २३ पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ।
आज छापावाला सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।