शुक्रबार, असोज २ गते २०८३

देउवा, दाहाल र नेपाल आज बैतडी आउँदै

देउवा, दाहाल र नेपाल आज बैतडी आउँदै

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • देउवा, दाहाल र नेपाल आज बैतडी आउँदै

    बैतडी । सत्ता गठबन्धनका तीन शीर्ष नेता चुनावी सभामा सम्बोधन गर्न बुधबार बैतडी आउँदै छन्। 

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाटनमा आयोजना हुने चुनावी सभामा आउन लागेका हुन्।


    संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन आउन लागेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।  संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरेको हो। 

    चुनावी सभाका लागि तयारी पूरा भएको संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक एवं नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।  सत्तारुढ शिर्ष नेताहरु बैतडी आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उनीहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ ।  

    बुधबार नै नेतात्रयले  दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभामा पनि सम्बोधन गर्ने कार्यक्रम छ। बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त रूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । 

    गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन्।  प्रदेश सभा (क) मा नेपाली कांग्रेसका वीररबहादुर बिष्ट र प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका शिवराज भट्ट प्रतिस्पर्धामा छन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ