आइतबार, वैशाख ८ गते २०८२

एकीकृत समाजवादी जुम्ला संयोजकमा बुढा

एकीकृत समाजवादी जुम्ला संयोजकमा बुढा

अखबार दैनिक
मंगलबार, कात्तिक २२ २०७९
  • एकीकृत समाजवादी जुम्ला संयोजकमा बुढा

    कात्तिक  २२ जुम्ला । नेकपा एकीकृत समाजवादीले जुम्ला संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ।

    images

    केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव वेदुराम भुसालले बताए।


    उनकाअनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

    कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन्।


    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको उनले बताए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ