काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज साँझ आइसल्यान्डको रेक्युभिकमा जाँदै छिन् ।
उक्त फोरममा विश्वभरबाट महिला नेतृहरूले भाग लिँदै छन् । कात्तिक २४ सम्म सञ्चालन हुने सो कार्यक्रम फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व(डब्लुपीएल) र आइसल्यान्डको संसद्को सह–आयोजक हुन लागेको हो । उक्त टोलीमा राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, परराष्ट्र सचिव भरतराज पौड्यालसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू गरी १७ सदस्यीय टोली हुनेछ । राष्ट्रपति भण्डारी कात्तिक २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।