आइतबार, वैशाख ८ गते २०८२

राष्ट्रपति आइसल्याण्डको औपचारिक भ्रमण

राष्ट्रपति आइसल्याण्डको औपचारिक भ्रमण

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • राष्ट्रपति आइसल्याण्डको औपचारिक भ्रमण

    कार्तिक २१ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणको क्रममा आज त्यसतर्फ प्रस्थान गर्नु हुँदैछ ।

    images


    महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स ९डब्लु पी एल०’ कार्यक्रममा सहभागी हुन उहाँ कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानुहुने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रम समेत आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    राष्ट्रपति भण्डारी आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ