आइतबार, वैशाख ८ गते २०८२

लोकतान्त्रिक वाम गठबन्धनको १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक

लोकतान्त्रिक वाम गठबन्धनको १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • लोकतान्त्रिक वाम गठबन्धनको १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक

    कार्तिक २१ काठमाडौं । स्वतन्त्र वाम उम्मेदवार घनश्याम भूसालसहित रुपन्देही-१ को लोकतान्त्रिक वाम गठबन्धनले १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

    images

    रुपन्देही–१ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र वाम उम्मेदवार भूसाल तथा प्रदेश १(१) मा कांग्रेसका विश्वनाथ यादव र १(२) मा अब्दुल रज्जाक उम्मेदवार छन् । उनीहरुले आर्थिक पूर्वाधार भौतिक विकास शिक्षा स्वास्थ्य रोजगारी भूमि व्यवस्था विद्युत् र औद्योगिक विकासमा काम गर्ने मुख्य लक्ष्यसहित आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

    जसमा शिक्षातर्फ देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालन गर्ने र क्षेत्रगत प्राविधिक शिक्षा सुरु गर्ने र स्कुल तथा क्याम्पसको स्तरोन्नति गर्ने भनिएको छ । स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थचौकी बनाउने भनिएको छ । पर्यटनतर्फ देवदहको उत्खन्नन गरी बुद्ध मावलीलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्ने उल्लेख छ । देवदहलाई लुम्बिनीसँग जोडेर विकास योजना अघि बढाउने पर्यटन प्रवर्द्धन गर्ने कृषि सडकको स्तरोन्नति गर्ने कृषिको व्यावसायीकरण गर्ने पनि उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

    प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्यत गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलै उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने हरेक वडामा बाल उधान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ । युवाहरूलाई सिपमूलक तालिम दिने सीप सिकेका युवाहरूलाई रोजगारीमा जोडने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।

    प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार भूसालले प्रतिवद्धता पत्रमा भनिएका र सुरु गरेका विकास योजना कार्यान्वयनमा प्रतिवद्ध हुने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ