आइतबार, वैशाख ८ गते २०८२

डा.रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

डा.रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

अखबार दैनिक
आइतबार, कात्तिक २० २०७९
  • डा.रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

    कार्तिक २० काठमाडौं । निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । डा.झाले सप्तरी जिल्ला क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको छ ।

    images

    निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ । स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’


    स्पष्टीकरणमा आयोगको पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई वा आयोगको इमेल ठेगाना [email protected] मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ