आइतबार, वैशाख ८ गते २०८२

मंसिर ४ गते आउन सक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

मंसिर ४ गते आउन सक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • मंसिर ४ गते आउन सक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

    कात्तिक १७ काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि सरकारले आफू तयारी अवस्थामा रहेको बताएको छ ।

    images

    सरकारले मंसिर ४ गते आउन सक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको सम्बन्धमा आकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो । बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालाले निर्वाचनको दिन आउन सक्ने प्रकोपको सम्भावनालाई मध्यनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए ।


    उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्‍यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए । सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए ।

    सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे । निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताए ।

    सहसचिव कोइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्वसूचनाको आधारमा मौसमी प्रतिकूलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ